Techie IT
×
गृहपृष्ठस्वास्थ्यवीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु


वीरगञ्ज, १४ साउन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बीरगञ्जमा दुई जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । पर्सामा मात्रै कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भै सकेको छ ।

आज ६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पतालमा र दिउँसो ७१ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको हो ।

७१ वर्षका पुरुष पखाला लागेर उपचारका लागि विभिन्न नेशनल मेडिकल कलेजमा पुगेका थिए । उनको मिर्गौलामा समेत समस्या देखिएको थियो । आउनेवित्तिकै अक्सिजन र भ्यान्टिलेटमा राखेर उपचार गरिएपनि बचेनन् । परिवारले उनको पैसा तिरेरै कोरोना परीक्षण गराएका थिए।

६८ बर्षीय मृतक पुरुष पनि मुटु र निमोनियाका बिरामी थिए। सुरुमा एडभान्स अस्पतालमा उपचारको क्रममा साउन ७ गते उनमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भोलिपल्ट कोभिड विशेष अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा केही सुधार भएपनि विरामीले दवाइ नखाने, अक्सिजन फाल्ने लगायतका ब्यवहार परिवर्तन गरेसँगै उनको उपचारको क्रममै मृत्यु भएको हो ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस