गृहपृष्ठ ∕
स्वास्थ्य ∕
थप ३११ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा एकैदिन थपिए ५३ जना
थप ३११ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा एकैदिन थपिए ५३ जना
काठमाडौं, १३ साउन । मंगलबार नेपालमा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको बताएका हुन् ।
विगत २४ घण्टामा देशभरबाट ५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको हो । यसदिन काठमाडौंका ४८ जना, ललितपुरका ४ जना र भक्तपुरका १ जना कोरोना संक्रमित भेटिएका छन् ।
त्यस्तै, भोजपुर, संखुवासभा, मनाङ, मुस्ताङ र रसुवा जिल्ला कोरोना मुक्त भएको छ । यी जिल्लाहरुमा अहिले कुनैपनि एक्टिभ केस छैन ।
क्याटेगोरी :
स्वास्थ्य
ट्याग : #breaking,
#Corona