१२ साउन, काठमाडौं । सोमबार नेपालमा १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।
त्यस्तै, सोमबार कोरोना संक्रमण निको भएर ६२६ जना डिस्चार्ज भएका छन् । हालसम्म १३ हजार ७५४ जना डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस सम्मेलनमा बताए ।
सोमबार ललितपुरमा ३ र काठमाडौंमा ३ सहित जना गरेर उपत्यकामा थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पाँचथर,भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोना संक्रमण मुक्त भएको पनि उनले बताए ।
सोमबार बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा मृत्यु भएको छ। उनी निमोनिया, मिर्गौला र मस्तिष्कघातसम्बन्धी रोगका विरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
त्यस्तै, आइसोलेसनमा ४९५० जना उपचाररत रहेका छन् ।
क्याटेगोरी :
स्वास्थ्य
ट्याग : #breaking,
#Corona,
#hot