वीरगञ्जमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि
वीरगञ्ज, ११ साउन । वीरगञ्जस्थित कोरोना विशेष अस्पतालमा आइतबार बिहान मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतक वृद्धको रिपोर्ट ‘कोरोना पोजेटिभ’ आएको अस्पताल श्रोतले जनाएको छ । मृतक मधुमेह र मुटुका रोगी थिएभने उनलाई केही दिनदेखि नै स्वास्थ्यमा समस्या थियो ।
मृतकको कोरोना परीक्षणका लागि शनिबार नारायणी अस्पतालमा स्वाब संकलन गरी उपचारका लागि वीरगञ्जस्थित हेल्थ केयरमा लगिएको थियो । त्यहाँ पहिले आरडीटी परीक्षणमा गर्दा पोजेटिभ रिपोट आएपछि पुनः शनिबार राति वीरगञ्ज हेल्थकेयरबाट गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।
शनिबार राति ११ बजे अचानक उनको अवस्था गम्भीर बनेपछि भेन्टिलेटरमा राखेर उपचार गरिँदैको अवस्थामा आइतबार बिहान ६ः१० मा मृत्यु भएको थियो । मृतक वीरगञ्जस्थित आदर्शनगरमा व्यवसाय सञ्चालन गर्दै आएका थिए ।
क्याटेगोरी :
स्वास्थ्य
ट्याग : #Corona,
#hot