Techie IT
×
गृहपृष्ठस्वास्थ्यकाठमाडौंका ८ जना सहित १३० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंका ८ जना सहित १३० जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, ११ साउन । आइतबार थप १३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा १८ हजार ६१३ जनामा संक्रमण पाइएको छ। जसमध्ये पाँच हजार ४४० जना सक्रिय संक्रमित रहेका छन्।

आइतबार थपिएका कोरोना संक्रमितमध्ये काठमाडौंका ८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बताइएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या ७५ रहेको छ। देशभर हालसम्म १३ हजार १२८ जना संक्रमणबाट निको भएका छन्।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस