काठमाडौं, १० साउन। पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट कूल ४ हजार ७५ नमुना परीक्षण गर्दा १०९ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यससँगै नेपालमा हालसम्म कुल १८ हजार ४८३ जना संक्रमित भएका छन् भने उनीहरुमध्ये ४५ जनाको मृत्यु भएको छ साथै १३ हजार ५३ जना निको भएका छन् ।
आज यि ठाउँमा थपिए संक्रमितः
डोटीमा १३, सुर्खेत र सप्तरीमा ११/११ जना, पर्सामा ८, कपिलवस्तु र जाजरकोटमा ६/६ जना र दाङमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै रौतहट, नवलपुर, पाल्पा र डडेलधुरामा ४/४ जना, बारा, गुल्मी, कालीकोट, दैलेख र बैचडीमा ३/३ जना, काठमाडौं, बाँके, बर्दिया, अछाम र मुगुमा २/२ जना तथा झापा, खोटाङ, सर्लाही, चितवन, मकवानपुर, ललितपुर, अछाम, तनहुँ र हुम्लामा एकएक जना कोरोना संक्रमित थपिएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस सम्मेलनमा बताएका हुन् ।
क्याटेगोरी :
स्वास्थ्य
ट्याग : #breaking,
#Corona