Techie IT
×
गृहपृष्ठस्वास्थ्यआउने भयो हावामा रहेका कोराना मार्ने ‘एयर फिल्टर’

आउने भयो हावामा रहेका कोराना मार्ने ‘एयर फिल्टर’


काठमाडौ । वैज्ञानिकहरूले हावामा रहेका कोरोनाभाइरसलाई समात्ने र मार्ने खालको एक प्रकारको वायु प्रशोधक ‘एयर फिल्टर’को डिजाइन गरेका छन् । यो नयाँ खोज गरिएको एयर फिल्टरले घेरिएको क्षेत्रको हावामा लुकी बसेका भाइरसहरुलाई समाप्त पार्न सक्ने भएको हो ।

म्याटेरियल्स टुडे फिजिक्समा मंगलबार प्रकाशित यो अध्ययनले जनाए अनुसार ९९.८ प्रतिशत कोभिड–१९ भाइरस यो फिल्टरको एक छेउ मरेको पाइएको छ । यो उपकरणले ब्याक्टेरियम ब्यासिलस एन्थ्रासिसजस्ता प्राणघातीलाई ९९.९ प्रतिशत मार्न सफल भएको छ । यो प्राणघातीले एन्थ्राक्सजस्ता रोग ल्याउने गर्छ ।

व्यापारिक प्रयोजनका लागि निर्माण गरिएको यो डिभाइस उपलब्ध हुनेछ । २०० डिग्री सेन्टिग्रेडसम्म तातिएको निकेल फोममा उपलब्ध हुन्छ ।

यो एयर फिल्टरले विमानस्थल र विमानमा, कार्यालय भवन, स्कूल र क्रुज जहाजमा कोभिड–१९लाई फैलिन नदिन उपयोगी हुने छ । साथै यसले यसको प्रयोगबाट समाजमा भाइरस फैलिन नदिन सहयोग गर्ने विश्वास युनिभर्सिटी अफ हस्टनको टेक्सास सेन्टर फर सुपरकन्टिभिटीका निर्देशक झिफेङ रेनले बताए ।

यो एयर फिल्टरलाई डेस्कटप मोडलमा ल्याउने प्रयास पनि गरिएको छ । यसले कार्यालयका कामदार वरिपरिको वायु शुद्ध गर्न सकिन्छ ।

टेक्सासको गर्मी हुने दक्षिण क्षेत्रमा भाइरस तीन घन्टासम्म बाँच्न सक्छन् । एयर कन्डिशनिङ एकाइबाट यो भाइरस फैलिन थाल्नु एक समस्या छ ।

यस्तो अवस्थामा यो एयर फिल्टरले भाइरसलाई छिट्टै मार्न सक्ने छ ।

भाइरस ७० डिग्री सेन्टिग्रेड वा १५८ डिग्री फरेनहाइटमा जीवित रहन सक्दैन् । अनुसन्धानकर्ताहरूले यो सलुसनमा ताप समावेश गर्न निर्णय गरे । यो डिभाइसलाई बढी प्रभावकारी बनाइएको छ ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस