Techie IT
×
गृहपृष्ठस्वास्थ्यबुधबार थप २५५ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा थपिए २३ जना

बुधबार थप २५५ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा थपिए २३ जना

यस्तो छ पछिल्लो २४ घण्टामा संक्रमितको विवरणः


काठमाडौं, २४ असार । बुधबार २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौंका १६ जना र ललितपुरका ७ जनामा कोरोना संक्रमण पाइएको हो । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १६ हजार ४२३ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या २५३ रहेको छ । यसरी नेपालमा हालसम्म सात हजार ७५२ जना अर्थात् ४७।२ प्रतिशत कोरोना संक्रमित पुर्ण रुपमा निको भएका छन् ।

यसैगरी ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरु महोत्तरी, रौतहट, पाल्पा,अछाम र कैलाली हुन् भने धनकुटा, भोजपुरर, सोलुखुम्बु, हुम्ला, मुस्ताङ जिल्ला कोरोना मुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बताएका हुन् ।

यस्तो छ पछिल्लो २४ घण्टामा संक्रमितको विवरणः

झापा : ८
तेह्रथुम : १
सुनसरी : ३
मोरङ : ६
सिराहा : २
सप्तरी : ४
बारा : १
अछाम : २२
बैतडी : २
बझाङ : ४
दार्चुला : १
डोटी : १२
गोरखा : २
कैलाली : ३७
कन्चनपुर : १२
काठमाडौं : १६
चितवन : ५
नवलपरासी : ३
रौतहट : ३३
ललितपुर : ७
लम्जुङ : २
दाङ : १
धादिङ : १
कास्की : १४
दोलखा : १
काभ्रेपलान्चोक : २
पर्सा : १
म्याग्दी : १
गुल्मी : ३
पाल्पा : ५
प्युठान : १
बाँके : २
दाङ : ४
रुकुम : ७
सुर्खेत : १४
जाजरकोट : १
दैलेख : ५
मुगु : २
डडेलधुरा : २
इलाम : २
सर्लाही : ३
रामेछाप : २
सिन्धुपाल्चोक : १


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस