Techie IT
×
गृहपृष्ठस्वास्थ्यगंगालाल अस्पतालमा प्रम ओलीको स्वास्थ्य जाँच

गंगालाल अस्पतालमा प्रम ओलीको स्वास्थ्य जाँच


काठमाडौँ, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसबारीस्थित गङ्गालाल हृदय केन्द्रमा स्वास्थ्य परीक्षण गराएका छन् ।

उनी स्वास्थ्य परीक्षण पूरा गरी आजै निवास फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नियमित चेकजाँचका लागि बाँसबारीस्थित शहीद गङ्गालाल हृदय केन्द्र पुगेको जनाइएको छ ।

प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंका अनुसार नियमित चेकजाँचका लागि उनी अस्पताल गएका हुन् ।
उनी बालुवाटार फर्किइसकेका छन् ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस