Techie IT
×
गृहपृष्ठस्वास्थ्यनेपालमा कोरोना : सङ्क्रमित सङ्ख्या ११,७५५ पुग्यो

नेपालमा कोरोना : सङ्क्रमित सङ्ख्या ११,७५५ पुग्यो


काठमाडौँ, १२ असार । पछिल्लो २४ घण्टामा नेपालमा थप ५९३ जनामा कोरोना सङ्क्रमण थपिएको पुष्टि भएको छ । काठमाडौँका तीन पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या एघार हजार ७५५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सो जानकारी दिए।

यस्तै, विभिन्न अस्पतालबाट थप ४८ जना निको भएर डिस्चार्ज भएका छन् । आठ महिला र ४० पुरूष निको भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ६५८ पुगेको छ । यसैगरी रेड जोनमा एक जना थपिएको जनाइएको छ ।

मृत्यु थप एक

असार ११ गते थप एकजनाको मृत्यु भएको छ । अन्दाजी २५ देखि ३० वर्षीया महिला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिक मृत फेला परेको थियो । सार १२ गते निजको स्वाबमा कोरोना भेटिएको छ । योसँगै मृत्यु हुनेको संख्या २७ पुगेको छ । मृत्यु हुनेको नाम र ठेगाना खुलेको छैन ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking, #Corona


प्रतिक्रिया दिनुहोस