Techie IT
×
गृहपृष्ठस्वास्थ्यनेपालमा कोरोना : संक्रमित संख्या ११ हजार नाघ्यो

नेपालमा कोरोना : संक्रमित संख्या ११ हजार नाघ्यो


काठमाण्डौ, ११ असार । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ११ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा चार सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ११ हजार एक सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा पीसीआर विधिबाट ६ हजार पाँच सय ४३ गरी आजसम्म एक लाख ९९ हजार सात सय ३७ जनाको परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट पछिल्लो २४ घण्टामा चार हजार एक सय ६७ गरी आजसम्म दुई लाख ८७ हजार आठ सय ६३ जनाको परीक्षण भएको छ ।

अहिले देशभरिका क्वरेण्टीनमा ७४ हजार २२ जना रहेका छन् । यस्तै आठ हजार चार सय २२ जना आइसोलेशनमा रहेका छन् । बिहीबार महिला १९ र पुरुष दुई सय ९३ गरी तीन सय १२ जना डिस्चार्ज भएका छन् । आजसम्म दुई हजार ६ सय ५० जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking, #Corona


तपाईको प्रतिक्रिया दिनुहोस