Techie IT
×
गृहपृष्ठस्वास्थ्यकोरोनाबाट थप २ को मृत्यु, मृतकको सङ्ख्या २६ पुग्यो

कोरोनाबाट थप २ को मृत्यु, मृतकको सङ्ख्या २६ पुग्यो


काठमाण्डौ, ११ असार । नेपालमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या २६ पुगेको छ ।

पोखराको फेवासिटी अस्पतालमा उपचार गराइरहनु भएका स्याङ्जाको आँधिखोलाका गाउँपालिकाका एक जना पुरुषमा कोरोना पोजेटिभ देखिएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर थियो । उनको उपचारको क्रममा गएराति मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहनु भएका महालक्ष्मी नगरपालिका ५ का एक पुरुषको पनि कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #Corona, #hot


तपाईको प्रतिक्रिया दिनुहोस