Techie IT
×
गृहपृष्ठस्वास्थ्य५ सय ३८ जना थपिएसँगै नेपालमा कोरोना संक्रमित संख्या १० हजार नाघ्यो

५ सय ३८ जना थपिएसँगै नेपालमा कोरोना संक्रमित संख्या १० हजार नाघ्यो


काठमाडौं, ९ असार । नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा गरिएको परीक्षणको नतिजासँगै यो संख्या पुगेको हो।

स्वास्थ्य तथा जसंख्या मन्त्रालयले आज जारी गरेको सूचनाअनुसार पछिल्लो २४ घण्टामा जम्मा ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ

यसैबीच नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ। दैलेखका एक ४५ वर्षीय पुरुषको मृत्यु भएसँगै मृतकको संख्या २४ पुगेको हो । मन्त्रालयका अनुसार दैलेखको दुल्लु ३ का ४५ वर्षका पुरुषको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो।
मन्त्रालय प्रवक्ता डा जागेश्वर गौतमले उनी क्षयरोग र दमको बिरामीसमेत रहेका बताए। सोमबार उनको मृत्यु भएको हो। ३ गते स्वाब संकलन गरिएकोमा असार ४ गते कोरोना पुष्टि भएको थियो।

डा.गौतमका अनुसार मंगलबार ९० महिलासहित ५ सय ३८ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्। नेपालमा संक्रमितको संख्या १० हजार ९९ पुगेको हो। मंगलबार ७६ जना गरी अहिलेसम्म २ हजार २ सय २४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।

अहिले ७ हजार ८ सय ५१ जना संक्रमित उपचारका लागि विभिन्न अस्पतालका आइसोलेसनमा छन्। मंगलबार पिसिआर विधिबाट ४ हजार ९ सय ९५ गरी अहिलेसम्म १ लाख ८६ हजार ३ सय ६६ जनाको परीक्षण भएको छ। यस्तै मंगलबार आरडिटी विधिबाट ३ हजार ४ सय ८१ गरी अहिलेसम्म २ लाख ७१ हजार ५ सय ८४ जनाको आरडिटी परीक्षण गरिएको छ। हाल ८५ हजार ८ सय १३ जना क्वारेन्टाइनमा छन्।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking, #Corona


तपाईको प्रतिक्रिया दिनुहोस