Techie IT
×
गृहपृष्ठस्वास्थ्यथप ४२६ जनामा कोरोना सङ्क्रमण पुष्टि, कुल संक्रमित सङ्ख्या ८,२७४ पुग्यो

थप ४२६ जनामा कोरोना सङ्क्रमण पुष्टि, कुल संक्रमित सङ्ख्या ८,२७४ पुग्यो


काठमाडौं, ५ असार । नेपालमा विगत २४ घण्टामा थप ४२६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

यो वृद्धिसँगै बिहीवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ८,२७४ पुगेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताएका छन्। तीमध्ये १,४०२ जना निको भएका र २२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

सरकारले बिहीवार सर्वाधिक ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको बताएको थियो। मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६,२०३ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या १,६१,७४९ पुगेको छ। क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।

अहिले देशभरि १,०९,४६१ भन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।
सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा छन्।

अहिले प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड(१९ भएका व्यक्ति भेटिएका छन्।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking, #Corona


प्रतिक्रिया दिनुहोस