गुल्मीमा होम क्वारेन्टाइनमा बसेका एकको निधन
गुल्मी, ५ असार । गुल्मीमा होम क्वारेन्टाइनमा बसेका एक जनाको बिहीबार राति ज्यान गएको छ । जेठ २५ गते भारतबाट आई होम क्वारेन्टाइनमा बसेका छत्रकोट गाउँपालिका वडा नं ५ का ६९ वर्षीय पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यलय, गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।
उनमा बिहीबार आरडीटी जाँच गर्दा पोजिटिभ आएको र उनको स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशाला, रुपन्देही पठाइएको स्वास्थ्य कार्यालय, गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिए।
उनी पहिलेदेखि नै प्यारालाइसिसको बिरामी रहेका र जेठ २५ गते भारतबाट उपचार गराई आएकाले उनलाई होम क्वारेन्टाइनमा राखिएको थियो । परिवारको सहमति अनुसार शवलाई नेपाली सेना र नेपाल प्रहरीले व्यवस्थापन गरेको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
क्याटेगोरी :
स्वास्थ्य
ट्याग : #Corona,
#hot