Techie IT
×
गृहपृष्ठस्वास्थ्यप्रम ओलीकी निजी चिकित्सक दिव्या सिंह शाह डीन नियुक्त

प्रम ओलीकी निजी चिकित्सक दिव्या सिंह शाह डीन नियुक्त


काठमाडौं, ४ असार । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीनमा डा. दिव्या सिंह शाह नियुक्त भएकी छन् ।

त्रिवि कार्यकारी परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सकसमेत रहेकी शाहलाई डिनमा नियुक्त गरेको हो ।

बुधबार नै प्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा गठित सर्च कमिटीले शाहसँगै प्रा. डा. प्रदीप वैध र प्रा.डा. उत्तमकृष्ण श्रेष्ठको नाम डिनका लागि सिफारिस गरेको थियो ।

आईओएमका तत्कालीन डिन प्रा. डा. जगदिशप्रसाद अग्रवालले उमेर हदका कारण २१ जेठमा अवकाश पाएका थिए ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस