यी हुन् कोरोना संक्रमण नभएका चार जिल्ला
काठमाडौं, २ असार । ७३ वटा जिल्लामा फैलिसकेको कोरोना भाइरस संक्रमण हालसम्म चारवटा जिल्लामा भने देखिएको छैन। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म ओखलढुंगा, मनाङ, मुस्ताङ र रसुवा जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छैन।
नेपालमा कोरोना भाइरसबाट संक्रमित प्रथम व्यक्ति भेटिएको पाँच महिना पुग्न लागेको छ। माघ पहिलो साता चीनको हुवेई प्रान्तको राजधानी उहान शहरबाट फर्किएका एक नेपाली विद्यार्थीमा पहिलो पटक कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।
माघमा पहिलो मामिला देखिएपनि नेपालमा दोस्रो मामिला भने झन्डै दुई महिनापछि चैतको ९ गते पुष्टि भएको थियो। नेपालमा भेटिएका दोस्रा संक्रमित फ्रान्सबाट फर्किएका नेपाली विद्यार्थी थिए। नेपालमा पहिलो संक्रमण देखिएपछि दोस्रो संक्मण देखिन धेरै समय लागेपनि त्यसपछि भने कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ।
संक्रमण देखिएका मध्ये हालसम्म १९ जनाको मृत्यु भएको छ। हालसम्म उपचारपछि ९७४ जना डिस्चार्ज भएका छन्। पछिल्लो केही दिनयता त दिनकै चार सयको संख्यामा संक्रमित देखिन थालेका छन्। आइतबार मात्र थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
क्याटेगोरी :
स्वास्थ्य
ट्याग : #Corona,
#hot