Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठस्वास्थ्यकाँग्रेस महामन्त्री डा कोइरालाको आइसियुमा

काँग्रेस महामन्त्री डा कोइरालाको आइसियुमा


नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । कोेभिड­१९ को सङ्क्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहनुभएका उनलाई हिजो (मङ्गलबार) साँझ ज्वरो आएपछि अस्पतालमा भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।

उनका अनुसार महामन्त्री डा कोइरालाको अहिले सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार भइरहेको छ । “अस्पताल आएदेखि नै हामीले आइसियुमा राखेर उपचार गरिरहेका छौँ”, उनले भने, “अहिले उहाँको ज्वरो घटेर स्वास्थ्यमा सुधार भइरहेको छ ।” उनका अनुसार महामन्त्री डा कोइरालालाई निमोनिया भएको छ ।

महामन्त्री कोइरालाको उपचारमा अस्पतालमा निर्देशक डा विश्वनाथ कोइरालाको नेतृत्वमा डा सुवोधसागर ढकाल र डा प्रमेशसुन्दर श्रेष्ठलगायतको टिम रहेको छ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका प्रबन्ध निर्देशक कार्कीले जानकारी दिए । केही दिनअघि महामन्त्री डा कोइरालालाई कोरोना सङ्क्रमण देखिएको थियो ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #Corona, #hot

तपाईको प्रतिक्रिया दिनुहोस