Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशकाठमाडौ उपत्यकामा आज एकैदिन ७३७ कोरोना सङ्क्रमित थपिए

काठमाडौ उपत्यकामा आज एकैदिन ७३७ कोरोना सङ्क्रमित थपिए


काठमाडौं, ३१ भदौ । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ७३७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ७३७ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

मन्त्रालयले काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ । काठमाडौंमा २१६ महिला र ४३६ पुरुष, ललितपुरमा २४ महिला र ३६ पुरुष र भक्तपुरमा १३ महिला र १२ पुरुष सङ्क्रमितको पुष्टि भएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दश हजार २९४ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ । चौबीस घण्टामा एक हजार ६८ जना सङ्क्रमित निको भई सङ्क्रमणमुक्त भएका छन् ।


क्याटेगोरी : स्वास्थ्य, बाग्मती प्रदेश
ट्याग : #breaking, #Corona

तपाईको प्रतिक्रिया दिनुहोस