Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठस्वास्थ्यबुधबार १,५३९ जना नयाँ कोरोना संक्रमित थपिए, आठ जनाको ज्यान गयो

बुधबार १,५३९ जना नयाँ कोरोना संक्रमित थपिए, आठ जनाको ज्यान गयो


काठमाण्डौ – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५८ हजार तीन सय २७ पुगेको छ । गएको २४ घण्टामा एक हजार पाँच सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा १० हजार चार सय ९४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ३९ जनामा सङ्क्रमण देखिएको हो । गएको २४ घण्टामा एक हजार ६८ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ४१ हजार सात सय ६ पुगेको छ ।

अब नेपालमा १६ हजार दुई सय ४२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार आठ सय २० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ७९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking, #Corona

तपाईको प्रतिक्रिया दिनुहोस