गृहपृष्ठ ∕
प्रवास ∕
अमेरिकामा पाँच हजार नेपालीले लगाए कोरोना भ्याक्सिन
अमेरिकामा पाँच हजार नेपालीले लगाए कोरोना भ्याक्सिन
काठमाडौँ, ३ फागुन । पछिल्लो समय अमेरिकामा पाँच हजारभन्दा बढी नेपाली मूलका समुदायले खोप लगाएका छन् । स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक, नर्स, ज्येष्ठ नागरिक र पहिले कोराना सङ्क्रमण भइसकेकाहरुले खोप लगाएका हुन् ।
यस्तै बेलायतमा रहेका नेपाली समुदायका एक हजारभन्दा बढीले खोप लगाइसकेका छन् । डा. बोधराज सुवेदीका अनुसार युरोपमा दुई हजार ५०० नेपालीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । यसैबीच विभिन्न चिकित्सकीय अध्ययनले कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमणमा पनि हाल बजारमा आएका खोपहरु प्रभावकारी रहेको बताएका छन् ।
क्याटेगोरी :
प्रवास,
समाचार,
स्वास्थ्य
ट्याग : #corona vaccine,
#hot