Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअन्तर्राष्ट्रियएकदिने भ्रमणको व्यस्त तालिका लिएर किन नेपाल आउँदैछन् चिनियाँ रक्षामन्त्री ?

एकदिने भ्रमणको व्यस्त तालिका लिएर किन नेपाल आउँदैछन् चिनियाँ रक्षामन्त्री ?


काठमाडौँ, ६ मंसिर । चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एकदिने भ्रमणको व्यस्त तालिका लिएर मंसिर १४ गते नेपाल आउने भएका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा रक्षामन्त्री वेईको भ्रमण हुन लागेको हो । भ्रमणमा आपसी सुरक्षा समन्वयका विविध विषयमा कुराकानी हुनेछ । रक्षामन्त्री वेईले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसहितका नेताहरूसँग भेटवार्ता गर्नेछन् ।

चिनियाँ दूतावासले आयोजना गर्ने द्विदेशीय सहयोग समन्वयको बृहत् कार्यक्रममा पनि उनले सहभागिता जनाउने छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, प्रवास
ट्याग : #bei, #breaking, #china, #chinese defence minister bei

तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!