Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रवासजाडो छल्न विदेशबाट ८० प्रतिशत चरा नेपाल आए

जाडो छल्न विदेशबाट ८० प्रतिशत चरा नेपाल आए


काठमाण्डौ, २६ कात्तिक । जाडो छल्न विभिन्न देशबाट नेपाल आउने चरामध्ये ८० प्रतिशत नेपाल आइसकेका चराविद्ले बताएका छन् ।

जाडो छल्न नेपाल आउने १ सय ५० प्रजातिका चरामध्ये यो वर्षको हिउँद सुरु भएपछि ८० प्रतिशत नेपाल आइसकेका चराविद् डाक्टर हेमसागर बरालले जानकारी दिए । चीन, मंगोलिया, रुस, साइबेरिया तथा कोरियाको छेउछाउलगायतका ठाउँबाट चराहरु जाडो छल्न नेपाल आउने गरेका उनले बताए ।

जाडो छल्न तथा आहारा खोज्न चराहरु ४ देखि ५ हजार माइल पार गरेर नेपाल आउने गरेका उनले बताए । असोजमा आउन थाल्ने चरा चैत वैशाखमा फर्कने गरेका छन् । जाडो छल्न हिउँदमा १ सय ५० प्रजातिका र गर्मी छल्न ५० देखि ६० प्रजातिका चरा नेपाल आउने उनले जानकारी दिए।

कपिलवस्तुको जगदीशपुर जलाशय, कैलालीको घोडाघोडी ताल, बर्दियाको बढैया ताल, कास्कीको फेवाताल, चितवनको बीसहजारी तालसहितका सिमसार क्षेत्रमा हाँस तथा गिद्ध प्रजातिका आप्रवासी चराले हिउँद बिताउने गरेका छन् । कतिपय हाँस प्रजातिका चराहरु कतै पनि नरोकिइकन नेपाल आउने गरेका छन् भने कतिपय चराहरु बिस्तारै बिस्तारै एक देशबाट अर्को देशमा हुँदै आउने गर्छन् ।


क्याटेगोरी : प्रवास
ट्याग : #birds, #hot

तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!