Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेशप्रदेश १उदयपुरका ज्ञानेन्द्र राईको कोरियामा निधन

उदयपुरका ज्ञानेन्द्र राईको कोरियामा निधन


काठमाडौं, १२ कात्तिक । परदेशमा दसैं नमनाइएकाले विजयादशमीका दिन घाम नउदाउँदै काममा निस्किएका उदयपुरका ज्ञानेन्द्र राई त्यसपछि कहिल्यै नफर्कने गरी बिदा भए।

उनी इपीएस प्रक्रियामार्फत कोरिया आई करिब साढे तीन वर्षदेखि एक कटिङ कम्पनीमा कार्यरत थिए। उनको टीकाकै दिन कम्पनीमा काम गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको हो।

उनका सहकर्मी तिलक पुनका अनुसार सोमबार बिहान १० बजेतिर कम्पनीमा काम गर्ने क्रममा कोरियाली कामदारले चलाएको छिगेछा (सामान बोक्ने गाडी) ले च्यापेर उनको मृत्यु भएको हो। मृतक राई ख्यङ्सान नाम्दो, हाप्छनगुन भन्ने ठाउँमा काम गर्थे। छिगेछाले च्यापेपछि उनलाई उपचारका लागि नजिकैको अस्पताल पुर्‍याइएको भए पनि अस्पतालले मृत घोषणा गरेको थियो।

उनको शवलाई हाल अस्पतालमा राखिएको छ। घटनाबारे सउलस्थित नेपाली दूतावासले अनौपचारिक जानकारी मात्र प्राप्त भएको र आवश्यक प्रक्रिया पूरा गर्ने जानकारी दिएको छ।


क्याटेगोरी : प्रवास, समाचार, प्रदेश १


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!