Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रवासब्रिटामा नेपालबाट आशिष गजुरेल सह–महासचिवमा निर्वाचित

ब्रिटामा नेपालबाट आशिष गजुरेल सह–महासचिवमा निर्वाचित


काठमाडौं, ६ असार । बेल्ट एण्ड रोड इन्टरनेसनल ट्रान्सपोर्ट अलायन्स (ब्रिटा) को निर्वाचनमा नेपालका आशिष गजुरेल सह–महासचिव पदमा निर्वाचित भएका छन् । जुन १९ मा सम्पन्न निर्वाचनमा उनी निर्विरोध निर्वाचित भएका हुन् ।

उक्त साधारणसभामा स्विजरल्याण्ड, ग्रीस, नाइजेरिया, चीन, भारत, बेल्जियम, अस्ट्रेलिया, रसिया, दक्षिण अफ्रिका र नेपाल लगायतका दर्जनौ देशबाट ५२ जनाको सहभागिता रहेको थियो । ब्रिटामा विश्वका ५ दर्जनभन्दा बढी देशका सडक, यातायात, पूर्वाधार, विज्ञान र वातावरण इञ्जिनियरिङ्ग तथा अटोमोवाइल क्षेत्रका सरकारी, पेशागत तथा गैर सरकारी संघ संगठन आवद्ध रहेका छन् ।

शुक्रबार भएको साधारणसभामा नेपालबाट नासा फाउण्डेसन नेपालका संयोजक तथा पर्वतीय खेलकुद महासंघ नेपालका अध्यक्ष गोविन्द भट्टराईको पनि सहभागिता थियो । नेपालबाट नासा फाउण्डेसन सदस्य रहेको सो गठबन्धनमा आशिष गजुरेलले कन्ट्री रिपोर्ट प्रस्तुत गरेका थिए ।

गजुरेलले भने, ‘नेपाल सरकारले बेल्ट एण्ड रोड परियोजनामा २०१५ मै हस्ताक्षर गरिसकेको छ र यो परियोजना अन्तर्गत नेपालले ट्रान्स हिमालयन करिडोर (रेल) अगाडि सारेको छ जुन पारितसमेत भइसकेको छ । बेल्ट एण्ड रोड परियोजना विकासमा नेपालको समर्थन रहेको छ।’


क्याटेगोरी : प्रवास, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस