Techie IT
×
गृहपृष्ठरोचकयो हो गधाको दुधको पहिलो डेरी !

यो हो गधाको दुधको पहिलो डेरी !


एजेन्सी । सामान्यतया गधा शब्दको प्रयोग मानिसलाई चिढ्याउन तथा होच्याउनका लागि प्रयोग हुने गरेको पाइन्छ । गधाको उपयोगिताहरु पनि प्रायलाई थाहा भएकै विषय हो । तर, गधाको दुधपनि प्रयोग हुन्छ भन्ने कुरा तपाईलाई थाहा छ ?

हामीले अहिलेसम्म गाई, भैसीको दुधको डेरी त ठाउँ–ठाउँमा देख्दै आएका हौँ । तर, भारतको हरियाणास्थित हिसारमा गधाको दुधको डेरी सुरु हुने भएको छ । भारतमा पहिलोपटक गधाको दुधको बिक्रिवितरण हुने भएको हो ।

गधाको दुध मानिसका लागि निकै फाइदाजनक भएको भन्दै भारतमा गधाको दुधको डेरी सुरु हुन लागेको हो । गधाको दुधले हाम्रो इम्युन सिस्टम बलियो बनाउनका लागि भूमिका खेल्ने र यसबाट विभिन्न सौन्दर्य सामग्री पनि बनाउन सकिन्छ ।

गधाको दुधको प्रतिलिटर मूल्य ७ हजार भारतीय रुर्पयाँ अर्थात ११ हजार २ सय नेपाली रुपैयाँसम्म पर्ने बताइएको छ । राष्ट्रिय अश्व अनुसन्धान केन्द्र, हिसारमा डेरी सुरु हुन लागेको भारतीइ सञ्चार माध्यमले जनाएका छन् ।

हलारी नश्लको गधाको दुधको डेरी हिसारमा सुरु हुने भएको छ । जसका लागि अनुसन्धान केन्द्रले १० वटा हलारी नश्लको पोथी गधा तयार गरिसकेको छ । अहिले यो विषयमा विभिन्न ब्रिफिङ भइरहेको छ ।

हलारी नश्लको गधाको दुधलाई औषधिहरुको भण्डार पनि भन्ने गरिन्छ । यसको दुधमा क्यान्सर, मोटोपन, एलर्जी जस्ता विभिन्न बिमारीसँग लड्ने क्षमता हुन्छ । यो नश्लको गधाहरु गुजरातमा बढी पाइन्छ ।

गधाको दुधबाट अहिलेपनि विभिन्न सौन्दर्य सामग्रीहरु बनिरहेका छन् । यस्तै महँगो मूल्यमा साबुन, बडी लोशन तथा लिप बामहरु पनि बनिरहेका छन् ।


क्याटेगोरी : रोचक


प्रतिक्रिया दिनुहोस