Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

नागा साधुबारे रोचक तथ्य


एजेन्सी । नागा साधुको विश्वमा धरै नै चर्चा हुन्छ । उनीहरु विश्वका धेरै ठाउँमा पुगेका छन् । साधुहरुको बाहिरी दुनियाँसँग कुनै लेनादेना हुँदैन । उनीहरुले कहिले कहाँ त कहिले कहाँ बसेर समय बिताउँछन् ।

नागा साधुहरुको जिन्दगी कठिनाईले भरिएको हुन्छ । सामान्य मानिसले कल्पना नै गर्न सक्दैनन् कि उनीहरु कति दुःखी होलान् भनेर । यसको बाबजुद नागा साधुलाई कहिल्यै पनि कुनै कुराको मतलब राख्दैनन् सुख र दुःख यी नागा साधुहरुको लागि बराबर हो । नागा साधुहरुको सधैँ लामो जटा हुन्छ र उनीहरुले अनुहारमा खरानी लगाएर हिँड्छन् ।

सबैको मनमा प्रश्न उठ्न सक्छ लामो जटा कसरी हुन्छ ? एक जानकारी अनुसार नागा सन्यासीहरुले आफ्नो लामो जटा बिना कुनै भौतिक सामग्री बालुवा र खरानीको प्रयोगले सम्हाल्छन् । यी साधुहरुको जटा १० फिट सम्म लामो हुन्छ र त्यति लामो जटा बनाउन ३० देखि ४० वर्षसम्म बढ्न समय लाग्छ । जटालाई हुर्काउनु धेरै मुस्किलको काम हो । तर नागा साधुहरुले आफ्नो जटालाई धेरै राम्रोसँग बढाएका हुन्छन् । नागा साधुहरुको सत्र श्रृंगारमा पञ्च केशको धेरै महत्व हुन्छ । उनीहरुले कपाललाई ५ फन्को घुमाएर बेरेका हुन्छन् । एजेन्सी


क्याटेगोरी : रोचक

प्रतिक्रिया


ताजा अपडेट