गृहपृष्ठ ∕
रोचक ∕
विवाह अघि यौनसम्पर्क गर्न निषेध गर्नु साँचो प्रेमको संकेत
विवाह अघि यौनसम्पर्क गर्न निषेध गर्नु साँचो प्रेमको संकेत
काठमाडौं, ८ असार । इसाई धर्मावलम्बीका सर्वोच्च धर्म गुरु पोप फ्रान्सिसले विवाह अघि यौनसम्पर्क गर्न निषेध गर्नु साँचो प्रेमको संकेत भएको बताएका छन्।
भ्याटिकन सिटीमा अभिभावकत्वबारेको एक बयानमा पोपले मानिसहरूलाई बच्चा जन्माउन नडराउन आग्रह गरेका छन्। सन्तान हुनु सधैँ जोखिममा रहे पनि सन्तान नहुनु त्यो भन्दा ठूलो जोखिम रहेको उनको भनाइ छ।
विवाह अघिको यौन सम्बन्ध
पोपको भनाइको सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको छ। पोपको भनाइलाई धेरैलाई मन पराएका छैनन् भने केहीले समर्थन गरेका छन्।
पोपले विवाह पूर्व यौनसम्पर्क नगर्ने कुराको प्रशंसा गर्दै यसलाई साँचो प्रेमको संकेतका रुपमा अर्थ्याएका छन्। पोपले विवाह नहुँदासम्म यौनसम्पर्कबाट टाढा रहनु नै सम्बन्ध जोगाउने उत्तम उपाय भएको पनि बताएका छन्।
हालै सार्वजनिक सो भ्याटिकन गाइडमा उनले सुखी सम्बन्धका लागि केही नियमहरू राखेका छन्। पोपले आजकल यौन तनाव वा दबाबका कारण दम्पतीको सम्बन्ध छिट्टै टुट्ने दाबी पनि गरेका छन्।
९७ पृष्ठ लामो उनको दस्तावेजमा इन्टरनेटको अत्यधिक प्रयोगको पनि उल्लेख छ। जसको आलोचना भएको छ। इटालियन धर्मशास्त्री भिटो मान्कुसोले भने पोपको भनाइले सम्बन्धमा यौनको महत्त्वलाई कम गरेको भन्दै आलोचना गरेका छन्।
क्याटेगोरी :
रोचक
ट्याग : #hot