२ लाख वर्ष अघिको घाँसपात र खरानीले बनेको मानिस सुत्ने ‘बेड’

काठमाडौ । सुत्ने बेडमा उडुस उपियाँ जस्तो किरा फट्याङ्ग्राले दुख दिन नसकून भनेर २ लाख वर्ष अघि ढुङ्गे युगमा मानिसहरूले घाँसपात र खरानीले बनेको गद्दामा २ लाख वर्ष अघि घाँस र खरानीले बनेको सुत्ने बेडलाई पुरातत्वविदहरूले दक्षिण अफ्रिका र स्वाजिल्यान्डबीचको सीमामा रहेको गुफामा फेला पारेका हुन ।
अहिलेसम्म मानिसहरूले सुत्नलाई वनस्पतिको प्रयोग ७७ हजार वर्ष अघि देखि गरेको पाइएको थियो ।
त्यो गुफामा २ लाख ३० वर्ष पुरानो बेड सुरक्षित अवस्थामा रहेको पुरातत्वविदहरूले फेला पारेको बताएका छन ।
विभिन्न किसिमको घाँसपात प्रयोग गरिएपनि प्यानिकमको घास विशेषरूपले प्रयोग गरिएका बेडहरू पाइएका छन । यो घास अहिले पनि त्यो गुफाको अगाडि उम्रिरहेको छ ।
कपुरको झाडीको खरानी पनि त्यो बेडमा पाइएको विज्ञहरूले पत्ता लगाएका छन । तर घिस्रेर हिड्ने किराहरूलाई सुत्ने बेड र ठाउँबाट टाढा राख्न सकिने खालको गन्धसहितका पातको प्रयोग पूर्वी अफ्रिकामा अझ पाइन्छ ।
बेडमा खरानी प्रयोग गर्नुको मुख्य कारण खरानीमा यस्ता किरालाई हिँडन गाह्रो हुनु रहेको छ ।
जोहान्सबर्गस्थित विट्स युनिभर्सिटीको इभल्सनरी स्टडिज इन्स्टिच्युटका पुरातत्वविद डा. लिन वेडलीले ढुङ्गे युगमा मानिसहरूले सुत्ने प्रणाली विकास गरेको पाइएको बताए ।
मानिसहरूले अझ चिकित्सामा प्रयोग हुने वनस्पतिलाई आगो लगाइ किरा भगाउने गरेको पाइन्छ ।
क्याटेगोरी : रोचक
ट्याग : #breaking, #hot
प्रतिक्रिया