कागलाई ढाडमा बोकेर उड्यो चील
२९ जेठ । चरा आकाशमा उड्नु नौलो कुरा होइन । तर एउटा काग चीलमाथि बसेर आराम गरिरहेको भने पक्कै पनि आश्चर्य लाग्दो हो । एक वाइल्ड फोटोग्राफरले क्यामेरामा कैद गरेका यो तस्वीरमा गज्जब देख्न सकिन्छ ।
काग र चील एकैठाउँमा घुमेको देखेपनि बाजमाथी काग बसेर उडेको चाहि पहिलो पटक देखेको फोटोग्राफरले बताएका छन् । काग उडेर आएर उडीरहेको चीलमाथि बस्दा पनि चिलले कुनै प्रतिक्रिया नदेखाएको उनले बताएका छन् । एजेन्सी
क्याटेगोरी :
रोचक