Techie IT
×
गृहपृष्ठरोचककट्टुले छोप्ने लाज मास्कले छोपेपछि…

कट्टुले छोप्ने लाज मास्कले छोपेपछि…


एजेन्सी, १५ साउन । एक जना मानिस मध्य लण्डनको सबैभन्दा चर्चित बजारको सडकमा शुक्रबार शरीरमा एउटा मात्र मास्क लगाएर निस्किए । उनले मास्क पनि आफ्नो गुप्ताङ्ग ढाक्नका लागि लगाएका थिए । बजारमा बिचित्र भेषमा एक्कासी निस्किएका उनलाई देखेर मानिसहरु अचम्मित परे र झस्के पनि ।

ती मानिस अचेतन रुपमा अक्सफोर्ड सडकमा मात्र फिका निलो मास्कले आफ्नो गुप्ताङ्ग ढाकेर हिँडेको देखेर मानिसहरु कसैले फोटो खिचे भने कोही ट्वाल्ल परेर हेरेको हेर्यै भए ।

उनी यसरी किन हिँडे भन्ने यकीन नभएपनि शुक्रबार बेलायती पसलहरुमा मास्क लगाउनु अनिवार्य गरिएको थियो । रोयटर्सका फोटाग्राफरले यो फोटो सडक माथिको आफ्नो अफिसबाट खिचेका थिए ।


क्याटेगोरी : रोचक


तपाईको प्रतिक्रिया दिनुहोस