Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठरोचकपारदर्शी पीपीईले भाग्य खुल्यो नर्सको

पारदर्शी पीपीईले भाग्य खुल्यो नर्सको


एजेन्सी । रुसको एक कोरोना अस्पतालमा पारदर्शी पीपीई किट लगाएर उपचार गर्ने नर्स नादिया जुकोवा अहिले समाचारको केन्द्र बनेकी छन् । पारदर्शी पीपीई लगाएर चर्चा बटुलेकी नादिया फेरि अर्को चर्चामा आएकी छन् । उनी अब भने समाचार वाचिकाको भूमिकामा देखिने भएकी छन् । नादियालाई मस्कोको एक सय माइलको दुरीमा रहेको एक निजी च्यानलले एङ्करको रुपमा पार्ट टाइम जागिर दिएको छ । यहाँ उनी शुरुवाती क्रममा मौसम सम्बन्धी जानकारी दिन पर्दामा देखिने भएकी हुन् ।

पारदर्शी पीपीई किट लगाए पछि चर्चामा आएकी उनलाई एक रुसी स्पोर्टस् ब्राण्डले पनि मोडलिङको अफर गरेको छ । यद्दपि उनले आफूसँग समय नभएको भन्दै उक्त प्रस्ताव इन्कार गरेकी छन् । नादिया नर्सका रुपमा नै काम गरिरहने बताएकी छन् किनकी उनी डाक्टर बन्ने तालिम लिइरहेकी छन् ।

समाचार वाचिकाको रुपमा आफ्नो भूमिकालाई लिएर उनले आफू उत्साहित भएको बताएकी छन् । उनले समाचार च्यानलप्रति आभार पनि जनाइन् र यस मौकाको पुरै फाइदा लिने बचन पनि दिइन् ।

रुसमा मे महिनामा कोरोना वार्डमा पारदर्शी पीपीई किट लगाउँदा उनको जागिर जाने हो कि भन्ने चिन्ता बढेको थियो । उनको यो रवैयाप्रति सामाजिक सञ्जालमा ठूलै बहस पनि भएको थियो । उनले यति धेरै पारदर्शी पीपीई लगाएको छु भन्ने भेउ नभएको तर भोलिपल्ट आफू अस्पताल पुग्दा ठूलै विषय बनेको बताइन् ।

नादियाको ड्रेसलाई लिएर रुसी स्वास्थ्य मन्त्रालयले अनुशासनात्मक कारबाही शुरु गरेको थियो । त्यति नै बेला उनको समर्थनमा अस्पतालका डाक्टर, सहकर्मीहरु र नेताहरु अगाडि बढे । उनीहरुले कोरोना भाइरसको वार्डमा काम गर्नेहरुलाई उचित पीपीई किट उपलब्ध गराउन माग गरेका थिए । उनले लगाएको पीपीई किट पातलो भएका कारण स्वास्थ्यकर्मीलाई हानी गर्न सक्ने भन्दै नादियाका समर्थकहरुले यस्तो माग गरेका थिए ।


क्याटेगोरी : रोचक


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार