Techie IT
  • २०८१ जेष्ठ ५, शनिबार

दाङमा पानी पार्न पूजापाठ


दाङ । लामो समयसम्म पानी नपरेर गर्मी अत्यधिक बढेपछि दाङको घोराहीमा पानी पार्न भन्दै सामूहिक पूजापाठ गरिएको छ । घोराही उपमहानगरपालिका–१८ शङ्खे पिपलमा १२ जना पण्डितबाट रुद्री पाठ गराइएकाे हाे । घोराही उपमहानगरपालिका–१४ काे ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र घोराही, ब्राह्मण समाज दाङ, पतञ्जली योग समितिको संयुक्त आयोजनामा पूजा पाठ गरिएको हो । कार्यक्रमका लागि भरतमणि पाण्डे र विष्णुप्रसाद गौतमले आर्थिक सहयोग गरेका थिए । कार्यक्रममा घोराही–१४ काे ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष चित्रकान्त आचार्यको अध्यक्षता तथा ज्येष्ठ नागरिक जयदेव भट्टराईको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा घोराही–१८ का वडाध्यक्ष भरतमणि अर्याल, १५ का वडाध्यक्ष रमेशकुमार पाण्डे, १५ का वडा सदस्यहरू माधव श्रेष्ठ, उत्तम बुढाथोकी, पतञ्जली योग समितिका शारदा पोख्रेल, ब्राह्मण समाजका इन्जिनियर ऋषिराम शर्मालगायतकाे सहभागिता रहेकाे थियाे ।  


तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट