Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

बुद्ध एअरको जहाजमा मुसा देखिएपछि उडान स्थगित


काठमाण्डौं, ६ जेठ । जनकपुरबाट काठमाण्डौ उडान भर्ने तयारीमा रहेको बुद्ध एअरको जहाजमा मुसा देखिएपछि उडान स्थगित गरिएको छ । त्यो जहाज काठमाण्डौ उड्नै लाग्दा यात्रुले मुसा देखेपछि उडान रोकेर अहिले इन्जिनियरहरुले प्राविधिक मर्मत गरिरहेका छन् । बिहान ९ बजेर १५ मिनेटमा जनकपुरबाट काठमाण्डौ उडान तालिका रहेको जहाजमा यात्रुले मुसा देखेपछि उडान रोकेर जहाजको प्राविधिक जाँच भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । त्यो जहाज काठमाण्डौबाट उडान भरेर बिहान साढे ८ बजे जनकपुर पुगेको थियो । जहाजमा ४९ यात्रु रहेका थिए । प्रवक्ता निरौलाले जहाजमा मुसा देखिएको खबर पाएपछि काठमाण्डौबाट इन्जिनियरको टोलीले जनकपुर गएर जहाजको परीक्षण गरेपछि मात्रै उडान गरिने बताए । बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार अहिले इन्जिनियरले जहाजको जाँच गरिरहेका छन् । प्राविधिक परीक्षणपछि जहाज सञ्चालनमा आउनेछ । त्यस जहाजका यात्रुलाई अर्को जहाजमार्फत काठमाण्डौ ल्याइसकिएको कर्णले बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट