Techie IT
  • २०८० मंसिर २४, आइतबार

काठमाडौंको शान्तिबाटिकामा काग सम्मेलन


काठमाण्डौं, २५ कात्तिक । काठमाण्डौको रत्नपार्कमा रहेको शान्तिबाटिकामा २०औँ ‘काग सम्मेलन’ गरिएको छ ।

यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नापार्कमा रहेको शान्तिबाटिकामा आज बिहान काग बोलाएर २०औँ काग सम्मेलन गरिएको हो ।

सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पारेका थिए । दुलालले कागको स्वर निकालेर बोर्लापछि कागहरु उनको आवाज भएको ठाउँसम्म आएका थिए । दुलालले झन्डै १९ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन् ।

काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानकासाथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ । काग तिहारमा कागलाई मीठामीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट