Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठरोचकजहाँका हरेक महिलाको दुई पति हुन्छन्

जहाँका हरेक महिलाको दुई पति हुन्छन्


एजेन्सी । भुटानमा एक यस्ता जनजातिको बसोवास छ । जहाँ एक परिवामा कुनै एक महिलाको २ पति हुन्छन् । २ पुरुष र एक महिलाबाट परिवार बन्ने यस जनजातिको नाम ब्रोक्पा ट्राइब हो । यो जनजातिको परम्परा अनुसार एक महिलाले एकैपटक २ पुरुषसँग विवाह गर्न सक्छन् र २ पुरुष आपसमा दाजुभाई जस्तै भएर बस्छन् । दाजु भाई जस्तै भएर बस्ने यी दाजु भाईबीच सम्पत्ति बाड्न पर्दैन् ।

वर्तमान समयमा पनि उनीहरु पुरानै जीवनशैलीमा जिन्दगी बिताइरहेका छन् । बिजुलीको सुविधा हाल सम्म नपाएका उनीहरुको मनोरन्जनको साधन केही पनि छैन् । तर हाल भने बाहिरी दुनियाँसँग जोड्नलाई सडक निर्माणको काम सुरु भएको छ ।

त्यहाँका मानिसहरुको आर्थिक स्थिति निकै कमजोर भएकै कारण मानिसहरुले एक महिलाको विवाह एकै घरका दुई भाईसँग गराइदिन्छन् । ताकी सम्पत्ति बाड्न नपरोस् । यी मानिसहरु धेरै उचाइमा रहेको पहाडको टुप्पामा बसेका छन् । उनीहरुले याक पालेर जीविका चलाइरहेका छन् । उनीहरुको जीवन पुरै याकमा निर्भर रहेको छ । याकको कपालबाट केही प्रकारका बस्तु बनाएर बजारमा बेच्दा आर्थिक रुपले मद्दत पुग्छ । जसको घरमा याक धेरै हुन्छ त्यो घरको इज्यत समाजमा धेरै हुन्छ । एजेन्सी


क्याटेगोरी : रोचक
ट्याग : #husband

तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!