Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

बिहानै खाली पेटमा मनतातो पानी पिउनुहुन्छ ? यस्ता छन् फाइदा !


काठमाडौं । स्वस्थ जीवनको लागि पानी निकै महत्वपूर्ण पदार्थ हो । शरीरमा पानीको मात्रा कम भयो भने विभिन्न स्वास्थ्य समस्याको जोखिम हुन्छ । त्यसैले प्रयाप्त मात्रामा पानी पिउनुपर्छ । त्यसमा पनि बिहान खाली पेटमा मनतातो पानी पिउनु निकै लाभदायक मानिन्छ । मनतातो पानी चिसो समयमा मात्र होइन जुसुकै मौसममा पनि पिउन सकिन्छ । बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउनाले टाउको दुख्ने, पेट दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । साथै यसले श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमण हुनबाट बचाउँछ ।

दिनहुँ बिहान मनतातो पानी पिउनाले शरीरमा रक्तसञ्चार सन्तुलित र नियमित हुन्छ । पानी पिउनाले एसिडिटीको समस्या पनि कम हुन्छ र पेट सफा हुन्छ । बिहान खाली पेटमा मनतातो पानी पिउनाले कब्जियतबाट छुटकारा मिल्छ । पर्‍याप्त पानी पिउनाले जोर्नीको दुखाई पनि कम हुन्छ र हड्डी मजबुत बनाउन सहयोग पुग्छ । भोक नलाग्ने समस्या छ भने एक गिलास मनतातो पानीमा कागतीको रस, मरिच र नुन हालेर पिउनाले भोक जगाउँछ । रुघाखोकी लागेमा पर्याप्त मात्रामा मनतातो पानी पिएर स्वास्थ्य लाभ लिनसकिन्छ । छालामा चाउरीपना तथा दागधब्बा आएका छन् भने हरेक दिन बिहान खाली पेटमा मनतातो पानी पिने गर्नुपर्छ ।

चियाकफीको साटो ग्रीन टी पिउनुहोस् । यसले छाला चम्किलो बनाउने र शरीरको तौल कम गर्न पनि मद्दत गर्छ । बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस राखेर पिउनाले शरीरका विषाक्त पदार्थ बाहिर निस्कन्छन् र शरीरको रोग प्रतिरोधी क्षमता पनि बढ्दछ । बिहान मनतातो पानी पिउने बानी गर्नाले मांशपेशीलाई तन्दुरुस्त बनाउन मद्दत गर्दछ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट