Techie IT
  • २०८० असोज ७, आइतबार

१ सय ६० केजीकी महिला खाटबाट लडेपछि .....


भारतको महाराष्ट्रमा एक महिला खाटबाट लडेपछि उनलाई उठाउन उनका परिवारले दमकल विभागको सहयोग लिएका छन् । महाराष्ट्र राज्यको ठाणेमा १ सय ६० केजी तौल भएकी बिरामी महिला खाटबाट लडेपछि उनलाई उठाउनका लागि उनका परिवारले दमकल विभागको सहयोग लिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

वाघविल क्षेत्रमा रहेकी ६२ वर्षीया महिला बिरामी भएका कारण बाहिर आउने–जाने गर्न सक्दिन थिइन् । आज बिहीवार बिहान ८ बजेतिर ती महिला खाटबाट लडेकी थिइन् ।

परिवारले उनलाई उठाउने कोसिस गरे, तर उठाएर खाटमा राख्न नसकेपछि परिवारले दमकल विभागलाई यो घटनाको जानकारी दिएका खबरमा उल्लेख छ । सूचना पाएपछि दमकल विभाग घरमै पुगेर ती महिलालाई उठाएर खाटमा राखेका थिए ।

यद्यपि यस घटनाको क्रममा महिलालाई कुनै चोट नलागेको बताइएको छ । क्षेत्रीय विपद् व्यवस्थापनले यस घटनाबारे भनेको छ– ‘हामीलाई विभिन्न प्रकारका फोन आउने गरेको छ, तर यो घटना असामान्य थियो ।’

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट