Techie IT
  • २०८० असोज ७, आइतबार

उडिरहेको जेट विमानमा आकाशमै हालियो इन्धन


इजिप्ट, १७ भदौ । भारतीय वायुसेनाको विमानले मध्यआकाशमा इजिप्टको जेट विमानमा इन्धन हालिदिएको छ ।

ब्राइट स्टार सैन्य अभ्यासअन्तर्गत भारतीय वायुसेनाको आकाशमा नै इन्धन भर्ने आईएल–७८ विमानले इजिप्टको वायुसेनाको विमानमा आज इन्धन भरेको हो ।

“इजिप्टको आकाशमा भारत–इजिप्टमैत्रीलाई ब्राइट स्टार–२३ को माध्यमबाट अझ सुदृढ बनाउने प्रयास भएको छ,” भारतीय वायुसेनाले आफ्ना केही सैन्य अधिकारी अबका तीन साता इजिप्टमा रहने सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।

भारतको रक्षा मन्त्रालयले पारस्परिक प्रतिरक्षा सहयोग सुदृढ तुल्याउने उद्देश्यले वासुसेनाका १५० कर्मचारी ब्राइट स्टार–२३ मा सहभागी हुन इजिप्ट पुगेका जनाएको छ ।

ब्राइट स्टार संयुक्त सैन्य अभ्यासमा अमेरिका, साउदी अरब, ग्रीस र कतारका वायुसेनाका अधिकारीले पनि भाग लिएका रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट