Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशपूर्वराजा वीरेन्द्र चढ्ने जहाज विमानस्थलबाट गुडाउँदै नारायणहिटीमा

पूर्वराजा वीरेन्द्र चढ्ने जहाज विमानस्थलबाट गुडाउँदै नारायणहिटीमा


काठमाण्डौ, २८ भदौ । शनिबार बेलुकी काठमाण्डौको सडकमा आकाशमा उड्ने र विमानस्थलमा पार्किङ गरिने जहाज सडकमा गुडेको देख्दा एकछिन त सबै अचम्ममा परे ।

पूर्व राजा वीरेन्द्र चढ्ने सेनाको जहाजलाई विमानस्थलबाट नारायणहिटीसम्म पुर्याएर राख्नको लागि जहाज सडकमा गुडाइएको हो । त्रिभुवन विमानस्थलमा लामो समयसम्म राखिएको जहाजलाई अब नारायणहिटी सङ्ग्रहालयमा राखिएको छ।

राति ८ बजे त्रिभुवन विमानस्थलबाट गुडाउन सुरु गरिएको जहाज तीनकुने, माइतीघर, भद्रकाली, विद्युत् प्राधिकरण हुँदै राति ११ बजे नारायणहिटी पुर्याइएको थियो । जहाजलाई सेनाको सानो गाडी र क्रेनको सहायताले गुडाइएको थियो ।
तत्कालीन शाही नेपाली सेनाको यो जहाजमा पूर्व राजा वीरेन्द्र र राज परिवारका अरु सदस्य चढ्ने गर्थे । जहाज लामो समयदेखि त्रिभुवन विमानस्थलमा राखिएको थियो ।


क्याटेगोरी : रोचक, बाग्मती प्रदेश
ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस