Techie IT
×
गृहपृष्ठमनोरञ्जन‘दोख’को दोस्रो टिजर : बन्दुक र युद्धबिचको प्रेम

‘दोख’को दोस्रो टिजर : बन्दुक र युद्धबिचको प्रेम


काठमाडौं ९ असार। चलचित्र ‘दोख’को दोस्रो टिजर युट्युबमा सार्वजनिक गरिएको छ । सार्वजनिक १ मिनेट २३ सेकेण्ड लामो टिजरमा मुख्य कलाकार दीया मास्के/मनिष निरौलाबीचको प्रेम र माओवादी लडाकुले खेलेको भूमिकालाई प्रस्तुत गरिएको छ ।

यही असार २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्रमा शैलेन्द्रध्वज कार्कीको छायांकन, आभाषको संगीत, श्रवण मुकारुङको शब्द र उत्तम न्यौपानेको ध्वनी छ। यस चलचित्रलाई राजन कठेतको लेखन, सविन ज्ञवाली र मनोज अधिकारीले संयुक्त निर्माण गरेका हुन् ।

द्वन्द्वकालमा सामुदायिक वनको मुद्धालाई लिएर दुई वटा गाउँबीचको किचलोको बिषयमाथि बनेको चलचित्रमा दीया र मनिषसंगै लोकमणि सापकोटा, माओत्से गुरुङ रोयदीप श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ ।


क्याटेगोरी : मनोरञ्जन


तपाईको प्रतिक्रिया दिनुहोस