Techie IT
×
गृहपृष्ठमनोरञ्जन२ पोस्टरमा हेर्नुहोस् ‘द सिक्रेट अफ राधा’

२ पोस्टरमा हेर्नुहोस् ‘द सिक्रेट अफ राधा’


काठमाडौं ९ असार। चलचित्र ‘द सिक्रेट अफ राधा’को २ पोस्टर रिलिज गरिएको छ । रिलिज दुई पोस्टरमा चलचित्रका सबै कलाकारहरुले स्थान पाएका छन्। चलचित्रको रिलिज मिती नजिकिएसँगै चलचित्रका सम्पुर्ण कलाकारलाई समावेश गरेर पोस्टर रिलिज गरिएको निर्माणपक्ष जनाएको हो।

आगामी भदौ १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रलाई निर्देशक सुवर्ण थापा निर्देशन गरेका हुन्। आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुती र मन प्रोडक्सनको एसोसिएनमा निर्माण र बिरजना इन्टरटेनमेन्ट तथा बिक्रमदास जोशी सह निर्माता रहेको चलचित्रमा सुवर्ण थापाको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको  सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।

चलचित्रमा सृष्टिका अलावा सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, राजन खतिवडा, लोकेन्द्र लेखक, दयाहाङ राई, निश्चल बस्नेत, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । ‘राधा’ आमाको सम्झनामा निर्माण गरेको निर्देशक थापाले बताउनुभयो । चलचित्रमा रंगकर्मी सुनिल पोखरेलको पनि अतिथि भुमिका छ ।


क्याटेगोरी : मनोरञ्जन
ट्याग : #nepali movie, #shristi shrestha, #the sugrate of radha


तपाईको प्रतिक्रिया दिनुहोस