नौ वर्षपछि नेपाल आएका बलिउड अभिनेता आमिर खानको यस्तो छ १० दिने कार्यक्रम

काठमाडौं, २४ वैशाख । बलिउड अभिनेता आमिर खान नेपाल आएका छन् । आइतबार बिहान १० बजे भिस्तारा एयरलाइन्सको विमानबाट उनी काठमाडौं आइपुगेको अध्यागमन स्रोतले जानकारी दिएको छ ।
उनी बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न र कार्यक्रममा सहभागी हुन आएको विपश्यना ध्यान केन्द्रका एक कर्मचारीले बताए । आमिर १० दिनसम्म ध्यान केन्द्रमा रहने उनले बताए ।
यसअघि उनी सन् २०१४ मा राष्ट्रसंघीय नियोग युनिसेफको दूतको रुपमा काठमाडौं आएका थिए ।
क्याटेगोरी : मनोरञ्जन
ट्याग : #aamir khan, #hot
प्रतिक्रिया