बलिउड अभिनेता आमिर खान काठमाडौंमा

काठमाडौं, २४ वैशाख । बलिउड अभिनेता आमिर खान नेपाल आएका छन्। उनी भिस्तारा एयरलाइन्सको यूके १५१ विमानबाट आइतबार बिहान नेपाल आएका हुन्।
आमिरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराज्यमन्त्री एवं उद्योगी रूप ज्योतिले स्वागत गरेका छन्। आमिर विमानस्थलबाट सिधै बुढानीलकण्ठ गएका छन्। बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा आमिरले १० दिन ध्यान गर्ने बताइएको छ।
हिन्दी चलचित्रमा कमर्सियल र अल्टरनेटिभको मिश्रणबाट फरकपन दिने आमिरका नेपालमा पनि प्रशस्त फ्यान छन्।
क्याटेगोरी : मनोरञ्जन
ट्याग : #hot
प्रतिक्रिया