Techie IT
×
गृहपृष्ठअर्थशेयर बजारमा सामान्य करेक्सन

शेयर बजारमा सामान्य करेक्सन


काठमाडौं, १८ भदौ । शेयरबजार परिसूचक नेप्सेमा सामान्य करेक्सन देखिएको छ। यसअघि सस्तोमा शेयर उठाएका अल्पकालिन कारोबारीहरुले विक्रीमा शेयर ल्याउँदा नेप्सले सामान्य दवाव खेप्नु परेको हो । कारोबारको सुरुवाती अवधिमा प्रोफिट बुकिङ्गका कारण ओरालो लागेको बजारमा आधा घण्टापछि खरिदचाप बढ्न थालेपछि बजार पुनः उकालो लागेको थियो। यद्यपि, चर्को मोलमोलाईका बीच नेप्से सामान्य अंक घटेर बन्द भएको छ।

बिहीबार नेप्से परिसूचक ०.१५ अंक घटेर १५१०.४२ विन्दुमा बन्द भएको छ। नेप्से परिसूचक केही घटेपनि बिहीबार सेन्सेटिभ समूहको परिसूचक ०.१४ ले बढेको छ। यस दिन १८६ कम्पनीको ३९ हजार २०५ पटकको कारोबारमा २ अर्ब ६३ करोड ४८ लाख रुपैयाँ बराबरको ९३ लाख २ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन कारोबारमा आएका १८६ कम्पनीमध्ये ४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो। यस दिन उन्नती सहकार्य, अरुण काबेली, एनआरएन इन्फ्रास्टक्चर र जोशी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

अघिल्लो दिन अर्थात बुधबार उच्च दरमा बढेका जलविद्युत कम्पनीहरुको शेयरमूल्य यस दिन भने घटेको छ। यस दिन शेयरमूल्य घट्ने १० शीर्ष कम्पनीहरुको सूचीमा ९ जलविद्युत कम्पनीहरु रहेका छन्। यस दिन पाँचथर पावरको शेयरमूल्य सबैभन्दा बढी ६.९९ प्रतिशत घटेको छ।

यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि नेपाल पुनर्बीमा कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४१ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, य दिन शिखर इन्स्योरेन्सको १३ करोड ४ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया दिनुहोस