काठमाडौं, १८ भदौ । बिहीबार पनि सुनको भाउमा गिरावट आएको छ । यस दिन सुन तोलामा ७०० रुपैयाँले घटेर छापावाल सुन तोलाको ९६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन बुधबार सुन प्रतितोला ९७ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यसैगरी, चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ३४५ रुपैयाँमा झरेको छ।
काठमाडौं उपत्यका लगायत देशका अधिकांश ठाउँहरुमा अहिले निषेधाज्ञाका कारण सुन चाँदी व्यवसाय ठप्पप्रायः छ। यद्यपी, कोरोना मुक्त केहि स्थानहरुमा भने व्यवसाय सामान्य सुचारु गरिएको छ।
क्याटेगोरी :
अर्थ