गृहपृष्ठ ∕
अर्थ ∕
शेयरबजारमा हरियाली छाउँदा हाइड्रोका लगानीकर्ता मालामाल
शेयरबजारमा हरियाली छाउँदा हाइड्रोका लगानीकर्ता मालामाल
बुधबार शेयरबजार परिसूचक नेप्से २५.५८ अंकले बढेर ६ महिना यताकै उच्च विन्दुमा पुगेको छ भने ४ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार हुँदा प्रायजसो निरास देखिने हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुमा भने उत्साह थपिएको छ । बुधबार हाइड्रोपावर उपसूचक ९४.२२ अंकले बढेको छ ।
यस दिन १८६ वटा कम्पनीको ९६ लाख ८६ हजार कित्ता शेयर ४ अर्ब १८ करोड रुपैयाँमा खरिद बिक्री भएको छ। निषेधाज्ञाका बावजुद कारोबार रकम पनि बढ्दै जानु अत्यन्त्य सकरात्मक रुपमा लिइएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्रिय सभामा मनोनित हुने संभावना कम भएको कारण अर्थमन्त्रीको बर्हिगमन हुने करिव निश्चित भएसँगै शेयरबजार समेत उच्च अंकले बढेर ६ महिना यताकै उच्च विन्दुमा पुगेको हो । नेकपा सचिवालय बैठकले यस अघिनै बामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने सिफारिस गरिसकेको र बामदेव गौतम समेत आफू राष्ट्रिय सभामा जान तयार रहेको सन्देश दिएसँगै अर्थमन्त्रीको पद धरापमा परेको हो । उनको भदौ २० गते पद सकिन लागेको छ । यसका साथै बैंकहरुमा तरलता थुप्रिएको र कोरोनाको कारण लगानीका अन्य क्षेत्रहरु बन्द हुँदा उक्त रकम सस्तो ब्याजदरमा शेयर बजारतर्फ लगानी बढेको विज्ञहरु बताउछन्।
बुधबार करोबारमा आएका कम्पनीहरुमध्ये १२९ वटा कम्पनीको शेयरमूल्य बढ्दा यस दिन नेप्से सूचक १.७० प्रतिशत अर्थात् २५.५८ अंकले बढेर १ हजार ५१० विन्दुमा आइपुगेको छ। आजको कारोबारमा जीवन र निर्जीवन बाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै हाइड्रोपावर समूहको सूचक माथि लागेको छ । वाणिज्य बैंक समूहको सूचकमा पनि सुधार देखिएको छ ।

थुप्रै कम्पनीहरुको भाउ १०५ ले बढेर सर्किट लागेको छ । सर्किट लाग्ने अधिकांश हाइड्रोपावर कम्पनीहरु नै रहेका छन् । यता, सबैभन्दा धेरै प्रभु इन्सुरेन्सको भाउ ४।४१५ ले घटेको छ । सबैभन्दा धेरै नेपाल पुनर्बिमा कम्पीको ६७ करोड ४२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, शिखर इन्सुरेन्स, नेसनल लाइफ इन्सुरेन्स धेरै कारोबार हुनेमा दोस्रो र तेस्रो स्थानमा परेका छन् ।
आजको कारोबारमा नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ६७ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने शिखर इन्स्योरेन्सको १७ करोड ७५ लाख, नेशनल लाइफको १६ करोड ५१ लाख, नेपाल लाइफको १५ करोड ७५ लाख, नेको इन्स्योरेन्सको १४ करोड ६७ लाख र लाइफ इन्स्योरेन्स कर्पोरेशनको १४ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
क्याटेगोरी :
अर्थ