Techie IT
×
गृहपृष्ठअर्थबुधबार सुनचाँदी दुवैको भाउ घट्यो

बुधबार सुनचाँदी दुवैको भाउ घट्यो


काठमाडौं, १७ भदौ । बुधबार सुनको भाउ ह्वात्तै घटेको छ। पछिल्लो केहि दिन यता बढेको सुनको मूल्य आज भने तोलामा एक हजार २०० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० निर्धारण गरिएको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी चाँदीको भाउ पनि यसदिन तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ३६५ रुपैयाँ निर्धारण गरिएको छ। सोमबार पनि चाँदी आजकै भाउमा कारोबार भएको थियो।

काठमाडौं उपत्यका लगायत देशका अधिकांश स्थानमा निषेधाज्ञा जारी गरिएको बेला सुन चाँदी व्यवसाय ठप्पप्राय हुँदा घट्वढ हुँदा ब्यवसायी एवं उपभोक्तालाई हर्ष न विस्मातको अवस्था छ ।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया दिनुहोस