Techie IT
×
गृहपृष्ठअर्थपेट्रोलको मूल्य बढ्यो

पेट्रोलको मूल्य बढ्यो


काठमाडौं, १६ भदौ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको छ । बढेको मूल्य अनुसार अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पर्ने भएको छ ।

तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । १ सेप्टेम्बरमा प्राप्त मूल्यसूचीअनुसार पेट्रोलको मूल्य बढाइएको निगम प्रवक्ता विनितमणि उपाध्यायले बताए ।


क्याटेगोरी : अर्थ
ट्याग : #hot


प्रतिक्रिया दिनुहोस