काठमाडौं, १५ भदौ । सोमबार सुनको भाउ तोलामा ३०० रुपैंयाले बढेको छ । छपावाला सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँ तोकिएको गरिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि सोमबार तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३६५ रुपैयाँ तोकिएको छ ।
काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागहरुमा जारी निषेधाज्ञाका कारण सुन चाँदी व्यवसाय ठप्पप्राय छन् । निषेधाज्ञाको बेलामा सुनको भाउ उतारचढाव हुँदा कागजी मूल्य मात्र निर्धारण हुने हुँदा त्यसको फाईदा ब्यवसायीले लिन पाएका छैनन् ।
अन्तराष्ट्रिय बजारमै सुनको भाउ वृद्धि भएको हुनाले सोमबार सुनको मूल्य बढेको हो । यस दिन सुन प्रति अउन्स एक हजार ९६९ डलर पुगेको छ ।
क्याटेगोरी :
अर्थ